कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउन चेम्बर अफ कमर्सको अपील

लमही । दाङ देउखुरीमा रहेको लमही चेम्बर अफ कमर्स लमहीले दोस्रो चरणमा फैलिदै गहिरहेको गइरहेको शक्तिसाली कोरोना भाइरस संक्रमणबाट सुरक्षित हुनका लागि स्वास्थ्य मापदण्ड अपनाउन सम्पूर्णमा अपील गरेको छ ।

कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गइरहेको बेला लमही बजारको गोलघर अगाडि पैदल यात्रुहरु र सवारी साधनमा यातायात गरिरहेका यात्रुहरुलाई निःशुल्क मास्क वितरण गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले सम्पूर्ण व्यावसायीहरू तथा आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका हुन ।

दोस्रो चरणको कोरोना भाइरस पहिलो चरणको कोरोना भाइरसको भन्दा संक्रमण दर उच्च साथै शक्तिसाली देखिएको छ । जसबाट बच्न आमनागरिक सतर्कता अपनाउनु पर्ने देखिन्छ । चेम्बर अफ कमर्स लमहीको कार्यक्षेत्र लमही नगरपालिका अन्तर्गत रहेको छ । बेलैमा यस बारे सबैले ख्याल गर्न सके कोरोनालाई प्रास्त गर्न सकिने निश्चिति छ ।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस