जवरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

दाङ । दाङमा प्रहरीले जवरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका ३ का २८ बर्षीय अर्जुन बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बिक २०७७ साउन १६ गते जवरजस्ती करणी गरी फरार रहेका थिए । उनलाई लुकीछिपी हिडीरहेको अवस्थामा बिहीबार दिउँसो १ बजे घोराही उपमहानगरपालिका १५ तुलसीपुर चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

बिकलाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस