कारागारको शौचालयमा झुण्डिएर कैदिबन्दीद्वारा आत्महत्या

पाल्पा । पाल्पा कारागारमा एक कैदीबन्दीले आत्महत्या गरेका छन् । कारागारको शौचालयमा झुण्डिएर स्याङ्जाका किसान गुरुङले आत्महत्या गरेका हुन् ।

भिरकोट नगरपालिका ७, स्याङ्जाका ३० वर्षीय गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले बताईन् । चोरी मुद्दामा कारागारको सजाय भोग्दै आएका थिए । २०७६ साल जेठमा स्याङजा कारागारमा परेका गुरुङ २०७६ सालको माघमा पाल्पा कारागारमा ल्याईएको बताईएको छ ।

पाँच वर्षको लागि कारागारको सजाय काट्दै आएका गुरुङको शव पोष्ट मार्टम गरि परिवारलाई हस्तान्तरण गर्ने तयारीमा रहेको पाल्पा कारागारले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस