दाङमा ४ लाख अबैध भारतीय रुपैयाँसहित एक ब्यक्ति पक्राउ

दाङ । दाङमा प्रहरी प्रहरीले करिब ४ लाख अबैध भारतीय रुपैयाँसहित एक ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका १ निवासी ४५ बर्षीय लौकुस गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ

आइतवार विहान करिब ९ बजेतिर गुप्तालाई घोराही उपमहानगरपालिका १५ दामोदर चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । गुप्ताले अबैध भारतिय नोट लुकाइ छिपाइ हिडिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिप्रका दाङबाट गएको प्रहरी टोलीले ३ लाख ९५ हजार भारतिय रुपैया फेला पारी पक्राउ गरेको उनले जानकारी दिए ।

पक्राउ परेका गुप्तालाई थप अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय, कोहलपुर बाँके पठाउन तयारी भइरहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले भारतिय रुपैयाँ २००० दरका नोट १०० वटा ५०० दरका नोट ३८६ वटा, २० दरका नोट ३४ वटा र १० दरका नोट १६२ वटा बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस