बिद्यालयका भान्सेहरुका लागि क्षमता अभिबृद्धि तालिम

डोटी । डोटीको बदिकेदार गाउँपालिकामा दिवा खाजा कार्यक्रम लागु भएका बिद्यालयका भान्सेहरुलाई एक दिने क्षमता अभिबृद्धि तालिम सप्पन्न भएको छ ।
शिक्षाका लागि खाध्य कार्यकम परियोजना समन्वय कार्यालय धनगढीको आयोजनामा तालिम गरेका हो । बिद्यालयमा खाद्यान्नलाई भण्डार गर्दा खेरी भुइमा नछोइ भडारण गर्नुपर्ने खाद्यान्नको नखस्किने गरि भडारण गर्नु पर्ने र सडेपछि चाहिँ विद्यार्थीलाई खाजा नखुवाउन भाडाकुडा सरसफाई अनिवार्य सरसफाइ गर्नुपर्ने शिक्षाका लागि खाध्य कार्यकम परियोजना समन्वय कार्यालय धनगढीका प्रमुख नेत्रप्रसाद पन्तले बताए ।
बिद्यालयमा आफुहरुले खाजा पकाउदा सरसफाई भएर पकाएर खुवाउने गरेको र विद्यार्थीहरुलाई पनि सरसफाई गराएर खुवाउने गरेको कार्यकमको सहभागीहरुले बताएका थिए ।
प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस