‘आत्मा र मन’

आत्मा दुई प्रकारका हुन्छन् । जीवात्मा र परमात्मा । आत्मा नित्य अविनाशी द्रव्य हो । जो वास्तविक जगतमा वास्तविक शरीरका साथ संयुक्त रहन्छ । जति जीव छन् त्यतिनै आत्मा छन् । प्रत्येक जीवमा पृथक–पृथक आत्मा छन् । किन की उनका अनुभव एक अर्कामा पृथक छ । आत्माको न उत्पत्ति हुन्छ, न नाश! अतः यो नित्य छ । आत्मा विभू हो । विशुद्ध आत्मा समस्त ज्ञान र अनुभवका अधिनष्ठान हो । यसको निराकार सम्भव छैन । जो निराकता हो । उही आत्मा स्वरुप हो । विशुद्ध आत्मा सदा ज्ञाता नै रहन्छ । कहिलै विषय बन्दैन । किन कि आत्मा काल र दिक दुबै दृष्टिबाट बिल्कुल असिम छ । आत्माको ज्ञान कसरी हुन्छ ? यस सम्बन्धमा भट्ट सम्प्रदायका मत छ कि, आत्माको ज्ञान कहिले काँही हुन्छ । प्रत्येक विषय–ज्ञानको साथ आत्माको ज्ञान हुन सक्दैन । जब हामीले आत्माको बारेमा बिचार गर्छौं । तब आत्माको बोध हुन्छ । कि “म” हुँ । यसलाई अहवित्ति (Self-Consictousnes) भनिन्छ ।
यसको जो विषय (Object) हो त्यो आत्मा हो । भनिएको छ ।, पहिला आदिमा आत्मा मात्र थियो । “ॐ आत्मा वा इदम् एक एवं अग्रआसित” ऐतरेय १/१ यस वाक्यबाट ब्रह्मा र आत्मा एक हि अर्थमा प्रयुक्त भएको छ । शरीर या इन्द्रियहरुलाई आत्मा भन्न सकिदैन । शरीर आत्मा होइन, किनकी शरीरलाई आफ्नो चेतना या ज्ञान छैन । बाह्य इन्द्रियहरुलाई पनि आत्मा सम्झन सकिदैन किनकि कल्पना, स्मृति बिचार, बाह्य इन्द्रियहरुका काम होइन । मनलाई पनि आत्मा भन्ने हो भने दुःख, सुख, आदि मनका नै गुण हुने छन् । यो पनि अण्ुा–अप्रत्यक्ष हुनेछ । वेदांतिका यो मत छ कि आत्मा स्वप्रकाश चैतन्य हो । आत्मा नै त्यो द्रव्य हो, चैतन्य उसका गुण हो । आत्मा ज्ञान होइन, बल्कि एक ज्ञाता हो । जो अहंकारको आश्रय तथा भोक्ता पनि हो । आत्मामा चेतना (ज्ञान) को सञ्चार तब हुन्छ जब आत्माको सम्बन्ध मन संग, मनको सम्बन्ध इन्द्रियहरु संग र इन्द्रियहरुका्े सम्बन्ध बाह्ये वस्तुहरुसंग सम्पर्क हुन्छ् तब आत्मामा चैतन्य स्फुरित हुन्छ । शरीर प्राण मन, बुद्धि अहंकार यिनीबाट उत्पन्न हुने वाला आनन्दका समिक्षा गर्दा यो निष्कर्षमा पुगिन्छ कि, यि सब आत्माका क्षणभंगुर परिवर्तनशिल रुप हुन ।
आत्माको मुल तत्व सुख दुःख होइन । शरीर, प्राण, मन, बुद्धि अहंकार यि सब कोष या बाहिरी, भित्री आवरण मात्र हुन । शरीर, जसको भित्र असलि तत्व छिपेको छ , त्यो आत्मा हो । अर्थात शरीर प्राण मन, बुद्धि, अहंकार आदि वास्तविक आत्मा होइनन् । यि आत्माका बाह्य रुप मात्र हुन । जुन आत्मा हामीमा छ, त्यो कोइ अन्य स्थान विशेषमा छैन । म संग मेरो आत्मा छ, सबैलाई महसुस हुन्छ । किन्तु आत्मा सर्वव्यापी छ। आत्मालाई मन बुद्धि र इन्द्रियहरुको सहाराबाट विषयको ज्ञान हुन्छ । हामीलाई कुनै विषयको ज्ञान हुन्छ भने त्यो आत्माको चैतन्यको एक सिमित प्रकाश हो । सुद्ध चैतन्य ज्ञान कोइ विषयको सिमा बद्ध नहुनुको कारण आत्मा अनन्त या सर्वव्यापी छ, यहि नै आत्मा हो । सत्य, अनन्त र ज्ञान स्वरुप हुनुको कारण आत्मा सबै भूतमा (सर्वभूतात्मा) छ । अतएव आत्मा र परमात्मा एकहि हो ।
यस तत्वलाई कहिले ब्रह्म, कहिले आत्मा कहिले सत भनिएको छ । आत्मा प्रकट रुपमा देखिदैन । परन्तु जो सुक्षदर्शि छ । उसैले शुक्ष्म बुद्धिद्वारा “ब्रह्मा” “आत्मा” या “सत” लाई देख्न सक्दछ । “एषु सर्वेषु गुढो क्क्मा न प्रकाशते, दृश्यते त्वग्रयमा बुद्ध या शुक्ष्मादर्शिमि” कठोउपनिषद ३/११ यहि आत्मा ज्ञान या आत्मा विद्यालाई सर्वश्रेष्ठ या पराविद्या भनिएको छ । वेदांत दर्शन मा “सर्व खल्विदं ब्रह्म ने हा नाताऽस्ति किचनः” उपनिषद्को यो वाक्यले यो सिद्ध गर्छकि “संसारमा एउटै सत्ता छ । यो नानात्व असत्य हो । आत्मा या ब्रह्म नै एक मात्र सत्य हो । या सत्य छ । यो अनंत ज्ञान तथा अनंत आनन्द छ । याज्ञवल्क्य आफ्नो पत्नी मैत्रेयीलाई सम्झाउँछन कि “आत्मा सबै आनन्दका मुलश्रोत हो, मनुष्यले कोइ वस्तु या व्यक्तिलाई आत्मीय या आत्मवत जानेर नै प्रेम गर्छ । पति पत्नी, छोरा छोरी, धन दौलत यि सब आत्माका लागि नै प्रिय हुन्छन”। आत्मा शुद्ध रुपमा आनन्द भए छ । आधुनिक जीव विज्ञानको मत छ कि आत्मा संरक्षण या जीवनको यति प्रेम कनि हुन्छ ? यदि जीवन आनन्दमय हुँदैन थियो भने यसलाई कसले चाहन्थ्यो ? संसारिक विषयको पछि दौडिरहनाले अधिक आनन्द मिल्न सक्दैन । आत्माको दर्शन गर्नुले अनन्त अमृत, आनन्दमय ब्रह्मा मिल्नजानु हो । यहिनै ब्रह्मानन्द हो ।
आत्माका तादम्य भावका अर्थ यो होकीे, कोइ प्रकारको आत्मा ज्ञान जस्तै “म” मोटो छु (आत्मालाई शरीररुपी ज्ञान) मैले देखेको छु , (आत्मालाई इन्द्रियरुपी ज्ञान) इत्यादी अतः आत्मा जुनरुपमा प्रकट होस ज्ञान उसको असलि धर्म हो । जाग्रत, स्वप्न र सुषप्ति अवस्थामा चैतन्य या ज्ञान हुनु यहि तिन अवस्थामा नै वर्तमान रहन्छ । सर्वव्यापि निराकार चैतन्य जो आत्माको वास्तविक रुप हो । व्यक्तिगत मायाँ र अविद्याबाट ग्रस्त भई भिन्न भिन्न रुपमा जीव प्रकट हुन्छ । अन्तः करण (मन, बुद्धि, अहंकार) निर्मल या मलिन, क्षुब्ध या शान्त यस्ता भेदबाट जीव जगतको अविद्या भिन्न भिन्न छ । भिन्न भिन्न व्यक्तिका अन्तः करण मा भिन्न भिन्न प्रतिविम्ब हुन्छ । रामानुजका अनुसार “शरीर र आत्मा दुबै सत्य हो, ज्ञान आत्माको असलि धर्म हो । आत्मा धर्मि हुन्छ । सुषुप्तावस्थामा पनि आत्मालाई ज्ञान हुन्छ कि “म हुँ” यहि अहमः (म) शब्दद्वारा सुचित हुनेवाला पदार्थलाई रामानुज आत्मा भन्दछन्” ।
कर्मका फलस्वरुप आत्मालाई शरीर प्राप्त हुन्छ । आत्माको बन्धन कर्मको परिणाम हो । आत्मा शरीर मुक्त हुँदानै आत्मालाई ज्ञान (चैतन्य) हुन्छ र शरीर र इन्द्रियबाट बद्ध हुदछ । अर्थात इन्द्रिय ज्ञानेन्द्रिय र अन्तः करणद्वारा आत्मालाई ज्ञान मिल्दछ । जीवात्माको के स्वरुप छ ? यसको के धर्म हो ? भारतीय दर्शनमा आत्माको सम्बन्धमा चार मत छ । (१) चार्वक दर्शन अनुसार चैतन्य विशिष्ट शरीर नै आत्मा हो । यो जडवादी मत हो । (२)बौद्ध दर्शन अनुसार आत्मा विज्ञानको सन्तान या प्रवाह हो । (३)विशिष्टा बेदांत अनुसार आत्मा केवल चैतन्य मात्र होइन वल्कि एक ज्ञाता हो जसलाई अहम् (म) भन्न सकिन्छ । भनिएको छ । ज्ञाता अहमर्थ एवात्मा । (४) अद्धैत वेदांत अनुसार एक विशेत तव आत्मा एउटा छ, नित्य छ एवं स्वप्रकाश चैतन्य छ । ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, मन, बुद्धि, अहंकार भन्दा विभिन्न शरीरमा एक ईस्वरिय द्दव्य तत्व छ । त्यो तत्व आत्मा हो तर चैतन्य (ज्ञान) आत्माको आगन्तुक गुण हो ।
परमात्मा अर्थात ईश्वरको अस्तित्व बेद तथा बेदांतीद्वारा सिद्ध हुनसक्छ । यसै प्रकार आत्माको अस्तित्व पनि विद्धान तथा अनुमानद्वारा सिद्ध गर्न सकिन्छ । जो जीवात्मा र परमात्मा अदृष्य छन् मन तर्फ लागौं मन पनि अदृश्य छ । मन नित्य छ । किन्तु । विभू (सर्वव्यापी) होइन मन परमाणु तरह निरवय छ । मन अंतरिंद्रिय हो । मन उमयेन्द्रिय हो, किनकी यसद्वारा ज्ञान र कर्म दुबै हुन्छ । यो बुद्धि, भावना तथा संकल्पजस्ता मानसिक क्रियाका साथ सहायक हुन्छ मनबाट एक साथ एउटै अनुभुति हुन्छ, किन कि यो परमाणुको तरह अत्यन्त सूक्ष्म हुन्छ । आत्मा शाश्वत सर्वव्यापी(विभू) द्रव्य हो । मनुष्यलाई मनद्वारा आफ्नो आत्माको अनुभुति हुन्छ । वैशेषिक दर्शनले मन र आत्माको पृथक अस्तित्व मान्दछ् । कति दर्शनले सुख दुःख मनका गुण मान्छन भने कतिले आत्माको गुण ठान्दछन् । मन न तो अनुरुप हो, न नित्य पदार्थ । मन त प्रकृतिको एक कार्य द्रव्य हो ।
अतः मनको काल विशेषमा उत्पत्ति हुन्छ र नाश पनि हुन्छ (साख्य दर्शन) । यो प्रमाणु रुप हो । मन एक अगोचर रुप हो, अतः दृष्टिगोचर हुन सक्दैन । यसको अस्तित्व अनुद्रव्य हो । मन एक आम्यंतरिक इन्द्रिय हो, जो कर्मेन्द्रिय र ज्ञानेन्द्रियलाई साथ दिदछ र आफ्नो आफ्नो विषयमा प्रेरित गर्छ । एक ही साथ भिन्न भिन्न इन्द्रियका साथ संयुक्त हुन्न सक्छ, र केन्द्रीय इन्द्रियको रुपमा खटन पटनको काम गर्छ । मनलाई यस कुराबाट अनुमान गर्न सकिन्छ । कि जगतका बाह्य पदार्थहरुको प्रत्यक्ष ज्ञानको लागि बाह्येन्द्रियहरुका जरुरत पर्छ । यसै प्रकार अभ्यांतरित पदार्थ जस्तै ज्ञान, इच्छा, सुख, दुख, आदिका अनुभवलाइृ साक्षात्कारको लागि आभ्यंतरिक साधन (इन्द्रिय) हुन चाहिन्छ । यसैको नाम मन हो । केही पूर्विय दर्शनमा मन जो अतरिंप्रियया अंतः करण हो जसबाट सुख दुख आदिका अनुभव हुन्छ । दुःख यति कटुछ कि यसको अनुभव मनले गर्छ । मन, अहंकार र बुद्धि यि अतः करण हुन पाँच ज्ञानेन्द्रिय पाँच कर्मेन्द्रिय बाह्य करण हुन। बाह्ये इन्द्रियहरुका सम्बन्ध केवल वर्तमानका विषयमा हुन्छ । आभ्यांतरिक या अन्तकरण (मन, बुद्धि, अहंकार) इन्द्रियहरुका सम्बन्ध भूत, भविष्य, वर्तमान, तिनै विषयमा हुन्छ । शरीर जो जीवका भिन्न भिन्न व्यापारका सुख, दुख का आश्रय हो ।
यस संसारमा परमाणु, मन आत्मा र ईश्वर नामक अनेक स्वतन्त्र सत्ता छन् । जो दिक (Space) काल, आकाशमा एक अर्कासंग अलग अलग छन् । तर इश्वरको साथ यस संसारको जो सम्बन्ध छ । त्यस्तै शरीरको सम्बन्ध आत्मासंग छ । भौतिक तत्वहरुका जब विशेष ढंगबाट मिश्रण हुन्छ ः तब जीवको निर्माण हुन्छ । र शरीरमा चैतन्य (ज्ञान) को संचार हुन्छ । जब शरीर नष्ट (मृत्यु) हुन्छ । तब मन बुद्धि अहंकारको पनि नष्ट हुन्छ । मृत्यु पछि जीवको अवशिष्ट रहँदैन । भौतिक पदार्थबाट निर्मित जीवन (शरीर) भौतिक पदार्थमा समिश्र हुनजान्छ । अतः मृत्युपछि सुख दुःख भोगको सम्भावना हुदैन । जीवात्मालाई नित्य विभू मानिएको छ ।
मृत्यु या प्रलयमा केवल शरीर, मन बुद्धि, अहंकार, को नाश हुन्छ तर आत्माको नाश हुँदैन । आत्मा अभयम्, अजर, अमृत्युपदन, र अमर छ । अतः मृत्यु पछि आत्मा–परमात्मासंग एकाकार हुनजान्छ