आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

प्युठान । प्युठानको गौमुखी गाउँपालिका ३ रजवारामा बुधबार आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनका सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीया छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।
घरमा अभिभावक नभएको बेला आगलागी भएको बताए । जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक देवीप्रसाद गैरेले घटनाका बारेमा अनुसन्धान थालिएको बताए । सुक्खा मौसममा आगलागीका घटना बढेको छ ।
देशका विभिन्न स्थानमा आगलागीका घटना बढेसँगै जनधनको क्षति उल्लेख्य रुपमा बढेको छ ।
प्रकाशित मिति : २०७७ चैत्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस