भोली विद्युत महशुल काउन्टर बन्द हुने

दाङ । नेपाल विद्युत प्राधिकरणको भोली देशै भर विद्युत महशुल काउन्टर बन्द हुने भएको छ । प्राधिकरणको ३६औ बार्षिकोत्सवको अवसरमा भदौ १ गते मंगलबार एकदिनका लागि महशुल काउन्टर बन्द हुने तुलसीपुर बितरण केन्द्रले जनाएको छ ।

केन्द्रले आज एक सूचना प्रकाशित गरेर यस्तो जानकारी दिएको हो । तर अनलाइन मार्फत भने विद्युत महसुल भुक्तानी गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस