गुरुकुल एकेडेमीमा कप्तान तथा उप कप्तान छनोट निर्वाचन सम्पन्न
दाङ । गुरुकुल एकेडेमीमा कप्तान छनोटको लागि निर्वाचन सम्पन्न भएको छ । गुरुकुल एकेडेमी घोराही ,तुलसीपुर र लमहीमा निर्वाचन प्रकृयाबाट कप्तान तथा उप कप्तान छनोट गरिएको हो । कप्तान तथा उप कप्तान छनोटको लागि विद्यालयका विद्यार्थीहरूले मतदान गरेका हुन । मतदान मार्फत गुरुकुल एकेडेमी घोराहीमा कप्तानमा कक्षा १० का कुन्दन केसी निर्वाचित भएका छन भने उप कप्तानमा प्रतिक्त खड्का निर्वाचित भएका हुन । जम्मा ३०१ मत खसेकोमा २६४ मत सदर भएको थियो भने ३७ मत बदर भएको थियो । सदर मतबाट १७३ मत लिएर कप्तानमा कुन्दन बिजयी भएका हुन भने १०४ मत प्रतिक्त खड्का उप कप्तानमा निर्वाचित भएका हुन ।
गुरुकुल एकेडेमी घोराहीको सदन कप्तानमा सफाएर समुहको लागि कप्तानमा सहज बिएम र उप कप्तानमा सद्गुन थापा निर्वाचित भएका छन् । यस्तै रुवि समुहको कप्तानमा निसान बिष्ट र उप कप्तानमा रोनिम वली, टोप्याज समुहको लागि कप्तानमा परी महरा र उप कप्तानमा सुसिल राणा र इमरल्ड समुहको लागि कप्तानमा प्रिगेन्द्र बस्नेत निर्वाचित भए भने उप कप्तानमा सचिन भन्डारी निर्वाचित भएको गुरुकुल एकेडेमीका कल्चर प्रमुख भुगोल कुवँर मगरले जानकारी दिए।
यसैगरी गुरुकुल तुलसीपुरमा विद्यालय कप्तानमा कक्षा ९ बाट मारकल वली विजयी भएका छन भने उप कप्तानमा कृष्टि सुवेदी निर्वाचित भएकी छिन । जम्मा ८२ मत खसेकोमा ६८ मत कप्तान मारकल र ४८ उप कप्तान कृष्टिले प्राप्त गरेका थिए भने रवि समुहमा कप्तानको लागि विगम केसी उप कप्तानमा करण विष्ट , सफाएर समुहमा कप्तानको लागि सुदर्शन हमाल र उप कप्तानमा कृष्णा थापा , टाप्याज समुहको लागि कप्तानमा दिपेक्षा बुढाथोकी र उप कप्तानमा प्रियन्सा योगी र इमरल्ड समुहमा कप्तानमा अभिनव रजौरे र उप कप्तानमा अनुसा डाँगी निर्वाचित भएको गुरुकुल एकेडेमी तुलसीपुरकी अनुशासन प्रमुख चिन्तना धितालले जानकारी दिए ।
यसैगरी गुरुकुल लमहीमा विद्यालय कप्तानमा ज्योतिराधित्या चौधरी ५२ मतका साथै निर्वाचित भइन भने आदित्य चौधरी ४५ मतका साथ उप कप्तानमा निर्वाचित भएका छन । यसैगरी सदन कप्तानमा जखेरा हरियो सदनको लागि कप्तानमा जानकी पुन मगर र उप कप्तानमा स्मित भुसाल , राप्ती निलोमा कप्तान कृतिका गिरी र उप कप्तान आदित्य चौधरी ,रीहार रातोमा कप्तान त्रिषना सुवेदी र उप कप्तानमा आयोग देवकोटा निर्वाचित भए भने रत्ननाथ पहेँलोमा कप्तान सुदर्शन कार्की र उप कप्तानमा पुजा चौधरी निर्वाचित भएको गुरुकुल एकेडेमी लमहिका शैक्षिक निर्देशक निमानन्द गैरेले जानकारी दिए । यो निर्वाचन प्रकृयाबाट विद्यार्थीहरूलाई सम्पूर्ण निर्वाचन सम्बन्धी जानकारी समेत मिलेको छ ।