पेट्रोल ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँले मुल्य घट्यो

काठमाडौं । पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाएको हो। घटेको मूल्यअुनसार अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल १७१ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५४ रुपैयाँमा किन्न पाइने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले थाहाखबरलाई जानकारी दिए।

दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ र डिजेल तथा मट्टीतेल १५३ रुपैयाँमा किन्न पाइनेछ। तेस्रो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६८ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्री हुने निगमले जनाएको छ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस