१८ सय सय मत गणना हुँदा केसी १ सय ४१ मतले अगाडी

दाङ । तुलसीपुर उद्योग वाणिज्य संघको नँया नेतृत्वका लागि भएको निर्वाचनमा अहिलेसमको मत परिनाम अनुसार नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार विनील केसी १ सय ४१ मतले अघि छन । पछिल्दो मत परीणाम अनुसार १ हजार ८ सय गणना हुदा केसीले ९५६ मत प्राप्त गरेका छन भने ललितजंग शाहले ८१५ मत प्राप्त गरेका छन ।

उद्योग उपाध्यक्षमा हेमेन्द्र खडका ६८७, विश्व बस्नेत ९९५, वाणिज्य उपाध्यक्ष खुशलराम शर्मा ७२४, नरेश राज भण्डारी ९३६, खुल्ला उपाध्यक्ष देवबहादुर केसी ९१६, डिल्लीबहादुर वली ७५७, महासचिव केशवराज केसी ९१९, नरेन्द्र कुमार डाँगी ७६६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी कोषाध्यक्षमा रुपेश शर्मा ९२८, शेषकान्त ढकाल ७०५, सचिवमा नविन राइ ५६९, भुपालरावत ४२९, चन्दन वली ५३०, सहकोषाध्यक्षमा दिपेश भण्डारी ७०३, किशोर कुमार वली ७०२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस