राप्ती प्रतिष्ठानको शवगृहमा १२ वटा शब राख्न सकिने
दाङ । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले प्रतिष्ठानको शब गृहमा १२ वटा शब राख्ने सकिने जनाएको छ । सुरुमा ४ वटा मात्रै शब राख्न सकिने मात्रै रहेकोमा त्यसलाई बिस्तार गरेर हाल एकैपटक १२ वटासम्म शब गृहमा शब राख्न सकिने बनाईएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले शव राख्न सकिने क्षमताको नयाँ शवगृह निर्माण तथा विस्तार गर्न परिपत्र गरेकाले सोही अनुसार योजना बनाउने उनले बताए । बाढीपहिरो र भूकम्प जस्ता प्राकृतिक विपद्का बेला एकैपटक धेरै शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्षमता बढाउने निर्णय गरेरे देशभरका स्वास्थ्य संस्थालाई परिपत्र गरेको हो ।
विपद्का समयमा शवको सुरक्षित संरक्षण, पहिचान, परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सहज हुने गरी मन्त्रालयले थल क्षमताको शवगृह निर्माण तथा विस्तारको प्रक्रिया अघि बढाइन पत्राचार गरेपछि प्रतिष्ठान योजना बनाउने तयारीमा जुटेको हो ।

