ब्राउनसुगर सहित ४ जना पक्राउ
दाङ । दाङको तुलसीपुरमा अबैध लागुऔषध ब्राउनसुगरसहित ४ जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ज्ञानज्योती टोल निबासी २१ बर्षका अर्जुन नेपाली, सुकौरा रोड निबासी २५ बर्षको सागर गन्धर्व, तुलसीपुरको बसपार्क निबासी २३ बर्षका सन्तोष बिक, र २५ बर्षका निर्मल घर्ती रहेका छन् ।
पक्राउ परेकाहरुको साथबाट ४९० मिलीग्राम ब्राउनसुगर, नगद २३ हजार, ४ थान मोबाईल बरामद गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए ।
सोही वडाकोे शिखर कोलोनीमा अवैध लागुऔष ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रनानी शाहीको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई बेलुका ६ बजे पक्राउ गरेको हो ।
प्रकाशित मिति : २०७९ साउन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

