दाङमा २ वटा शव फेला

दाङ । दाङमा छुट्टाछुट्टै स्थानमा २ वटा शव फेला परेका छन् । राप्ती गाउँपालिका २ बराखुट्टीमा एक पुरुषको शव फेला परेको हो । सोहि ठाउँ निवासी ७७ वर्षीय शिवलाल घर्ती क्षेत्रीको शव मकैबारीमा कुहिएको अवस्थामा फेला परेको हो ।

गत असार ३० गते घरबाट निस्कनुभएका घर्तीको शव आज घरदेखि ३ सय मिटरको दुरीमा रहेको मकैबारीमा स्थानीयले फेला पारेका थिए । शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

यसैबिच घोराही उपमहानगरपालिका ३ स्थित रनघरा बबई नदीको किनारमा एक महिलाको शव फेला परेको छ । घोराही उपमहानगरपालिका ५ धारापानी निवासी ६५ वर्षीया शिवा नेपाली शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस