एमालेबाट समानुपातिक सांसदका १६ जनाको नाम टुङ्गियो (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ । शनिबार भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकबाट नाम टुंगो लगाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यको नाम आइतबरसम्ममा बुझाउन दलहरुलाई पत्राचार गरिसकेको छ । प्रत्यक्षमा ९ सिट जितेको नेकपा एमालेले समानुपातिकमा १६ सिट जितेको छ ।  

जनजाति- ४ जना)

महिला :

१- भूमिका सुब्बा, २- गंगादेवी श्रेष्ठ

पुरुष :

१- रामबहादुर थापा मगर, २- कुलभक्त शाक्य

खस आर्य- ५ जना

महिला :

१-पद्मा अर्याल, २- टुकाभद्रा हमाल, ३- एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष : १- गुरु प्रसाद बराल, २- पुष्पराज कंडेल

थारु १ जना : १- कृपाराम राणा (पुरुष)

दलित- २ जना : (महिला ) १- विष्णुमाया वी.के. , २- नीता घटानी 

मधेसी ३ जना

महिला : १- रिङ्ला यादव, २- यशोधा कुमारी यादव 

पुरुष : १- चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम महिला : १- साजिदा सिद्दीकी

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस