अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ को कार्यालयको आर्थिक सहयोग,एकता अपाङ्गता समावेशी स्वाबलम्बन समुह तुलसिपुर १६ को सहआयोजना र अपाङ्ग सेवा संघ दाङको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण कार्यक्रम आज वडा कार्यालयमा सम्पन्न भयो ।
एकता अपाङ्गता समावशी स्वाबलम्बन समुह तुलसिपुर १६ का अध्यक्ष दिवाकर पाण्डेको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा नं।१६ का वडा अध्यक्ष श्री शिवानन्द डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा २९ जनालाई ट्वाईलेट चियर,एलस्टिक,सेतो छडी,बैशाखीडाइपर,सेनिटरी प्याड लगायतका सामग्रीहरु वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि डिसीले अपाङ्गता भएका व्यक्तिको दैनिक जीवनमा अत्यावश्यक सहायक सामग्रीहरु प्राप्त गरेपछि थोरै भए पनि दैनिक जीवनयापनमा टेवा पुर्याउने कुरा बताए । कार्यक्रममा बोल्दै वडाअध्यक्ष डिसीले आगामी दिनहरुमा पनि वडा कार्यालयले समग्र अपाङ्गता भएका व्यक्तिहरु सशक्तिकरणका लागि काम गर्ने बताए ।
सो कर्यक्रममा वडा सदस्यहरु मोहन चौधरी ,पार्बती वि।क। ,वडा सचिव चन्द्रकुमार डाँगी,अपाङ्ग सेवा संघ दाङका अध्यक्ष देवा डाँगी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । समुहका उपाध्यक्ष धनसरा भन्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण समुहका सचिव मालती चौधरीले गरेकी थिईन् ।

