नेपाल पत्रकार महासघं दाङ शाखाले ३३ औँ स्थापना दिवस भव्य रूपमा मनाउने

दाङ । नेपाल पत्रकार महासङ्घ दाङ, शाखाले आफ्नो ३३ औं स्थापना दिवस भव्य रुपमा मनाउने भएको छ । महासङ्घले आगामी पुन एक गतेदेखि चार गतेसम्म विभिन्न कार्यक्रम गरी आफ्नो स्थापना दिवस भव्य रुपमा मनाउने भएको हो । महासङ्घका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा शुक्रबार महासङ्घमा बसेको नियमित कार्यसमितिको  ११ बैठकले आगामी पुस १ गतेदेखि ४ गतेसम्म विभिन्न कार्यक्रमहरू गरी आफ्नो ३३ औं स्थापना दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो ।

बैठकले पुस १ गते पहिलो दिन रक्तदान कार्यक्रम गरी स्थापना दिवसको सुरुवात गर्ने निर्णय गरेको छ । रक्तदान कार्यक्रम घोराहीमा हुने र त्यसको संयोजनका लागि शाखा सदस्य हेमराज परिवर्तनलाई जिम्मेवारी दिइएको छ । यसैगरी पुस २र ३ गते खेलकुद कार्यक्रम गर्ने र पत्रकार महिलाबीच फुटसल प्रतियोगिता गर्ने र पत्रकार हरु बीच फूटबल प्रतियोगिता गर्ने निर्णय गरिएको छ । जसमा पुरुषतर्फको खेलकुदलाई संयोजनको लागि शाखाका सहसचिव प्रकाश चौधरी र महिलातर्फको खेलकुदको संयोजनका लागि शाखाका उपाध्यक्ष नारायणी रजौरेलाई जिम्मेवारी दिने निर्णय भएको महासङ्घले जनाएको छ ।

पुस ४ गते शुभकामना आदानप्रदान एवं पत्रकार महासङ्घ दाङ शाखामा स्थापना गरिएका पुरस्कार वितरण गरी भव्य रुपमा ३३ औं स्थापना दिवस मनाइने भएको छ । त्यस्तै महासङ्घमा स्थापना गरिएका विभिन्न अक्षयकोषको पुरस्कार वितरणको सम्बन्धमा शाखा अध्यक्ष सुवेदीको संयोजकत्वमा तीन सदस्यीय पुरस्कार छनौट समिति समेत गठन भएको छ । त्यसैगरी पत्रकार महासङ्घको आयोजना तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा २ दिने स्वास्थ्य पत्रकारिता तालिम पुसको पहिलो सातामा सञ्चालन गर्ने समेत बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस