महिला साना किसान कृषि सहकारीको २२औँ वार्षिक साधारणसभा सम्पन्न
३० जना महिला कृषक सम्मानित
दाङ । महिला साना किसान कृषि सहकारी सस्था लिमिटेड सौडियारको २२औँ वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका ६ फचकपुरमा रहेको सकारीले साधारण सभाको अवसरमा विभिन्न विधाका ३० जनालाई सम्मान तथा पुरस्कृत समेत गरीएको छ ।
संस्थाले पशुपालन तथा कृषि क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै ६ जना सदस्यहरुलाई सम्मान गरेको छ । जसमा उषा अधिकारी,गोमा रेग्मी,बिणा डिसी,गोमा श्रेष्ठ,स्यानी चौधरी र बुध कुमारी भण्डारी रहेका छन् । त्यस्तै तरकारी खेती तर्फ ८ जना कृषकहरु सम्मानीत भएका छन् । जसमा पवित्रा चौधरी,कमला चौधरी, विष्णी चौधरी,अनिता चौधरी,जानकी चौधरी, लाहानी चौधरी,सरस्वती चौधरी र गिता कुमारी चौधरी रहेका छन् ।
त्यस्तै वाल बचतमा उत्कृष्ट बचत गर्ने २ जना वालवालीकालाई पनि स्टेशनरी समाग्रीले सम्मान गरीएको छ । जसमा पुष्पा चौधरी र अविन चौधरी रहेका छन् । उक्त अवसरमा संस्थाका अपाङ्ग शेयर सदस्य लाली चैधरीलाई सहयोग स्वरुप रकम प्रदान गरीएको छ । संस्थाले ७ जना जेष्ठ शेयर सदस्यहरुलाई दोसल्ला ओढायर सम्मान गरेको छ । जसमा गिता चौधरी, गोमा खनाल,विष्णु खनाल, कलमती चौधरी,खुमा वली, सेतु रावत र सिता कुमारी चौधरी रहेका छन् । यसैगरी संस्थामा लामो समय कामगरेका ३ जना कर्मचारीहरुलाई पनि सम्मान गरेको छ । संस्थाकी प्रवन्धक गंगा घर्ति, सहायक प्रवन्धक रञ्जु अधिकारी र कार्यालय सहयोगी प्रमिला चौधरीलाई संस्थाले २३ वर्ष लामो सेवा अवधिसम्म कामगरेको भन्दै सम्मान गरेको हो ।

संस्थाकी अध्यक्ष प्रेमदेवी डाँगीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष विष्णुराम आचार्यको प्रमुख आतिथ्यमा भएको साधारण सभामा प्रमुअ अतिथि आचार्यले चुलो र चौकोमा मात्रै सिमति रहने महिलाहरु अहिले आफै सहकारी चलाएर उदाहरणीय बनेको बताए । “घरखर्चका लागि हात फैलाउन पर्ने महिलाहरु अहिले सहकारीको माध्यमवाट आत्मनिर्भर बनेर अहिले पुरर्स्कत भएकोमा गर्व गर्नुपर्ने भएको छ”आचार्यले भने ।
झण्डै १२ सय सदस्य रहेको सहकारीमा अहिले ३० जना सदस्य पुरस्कृत भएको प्रति लक्षित गर्दै आचार्यले संस्थाको कार्यालय वडा नं ६ मा रहेकोले पनि गर्व गर्न लाएको भएको बताए । महिलाहरुले नै चलायर अहिले उत्कृष्ट काम गरेको साना किसानलाई वडा तथा स्थानीय सरकारको तर्फवाट सदैव सहयोग गर्ने प्रतिवद्धता समेत उनले गरेका छन् ।
घोराही उप महनगरपालिका ६, ७, १५, १६ र १७ वडाहरुमा कार्यक्षेत्र रहेको महिला साना किसान कृषि सहकारी संस्थामा १ हजार १ सय २५ जना महिला शेयर सदस्य रहेका छन् । अहिले संस्थाको शेयर पुँजी २ करोड ४४ लाख २७ हजार रहेको छ भने ५ करोड ५६ लाख ५८ हजार ५ सय ७३ रुपैया बचत रहेको छ । वितेको आर्थिक वर्षमा संस्थाले ५३ लाख ३४ हजार ६ सय ७७ रुपैया मुनाफा आर्जन गर्न सफल भएको छ । कार्यक्रमको सञ्चालन संस्थाकी सहायक प्रवन्धक रञ्जु अधिकारीले गरेकी हुन् ।

