गुरुकुल एकेडेमी कक्षा ६ को ४ दिने बन्द शिविर सम्पन्न

दाङ । गुरुकुल एकेडेमी दाङ तुल्सिपुरमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी शुभम् सुनार जम्मा १२ वर्षका भए । शुभम् बजारमै जन्मिए बजार हुर्किए । १२ वर्षको उमेरसम्म उनले अहिलेससम्म खाना पकाउने, कपडा धुने कामदेखि अन्य घरायसी कामको बारेमा जान्ने मौका पाएका थिइनन् । तर विद्यालयले आफ्ना विद्यार्थीलाई जीवन जिउने कला र ज्ञान दिने उद्देश्यले घोराही १९ सैघा स्थित एक विद्यालय परिसरमा क्लोज क्याम्पमा राखेर विभिन्न पढाईसँगै घरायसी कामको अवस्था बुझ्ने अवसर मात्र प्राप्त गरेनन्, उनीहरूले घरायसी काम आफै गर्ने र आफ्नो जीवनमा के कस्ता कुराहरूको आवश्यकता हुँदो रैछ भन्ने कुरा बुझ्ने मौका पाए र यो कामबाट धेरै सफलता हासिल पनि गरे । उनी यो भन्दा अगाडि यसरी आफ्नै जिम्मेवारीमा रहेर केही काम गरका थिएनन् । उनलाई बन्द शिविर भनेको समेत थाहा थिएन ।
विद्यालयले कक्षा ६ का विद्यार्थीहरूलाई क्लोज क्याम्पमा राख्ने निर्णय विद्यालयको आन्तरिक पाठ्यक्रममा राखेर गरेको थियो । सोही अनुरूप कक्षा ६ का विद्यार्थीहरूलाई पनि गत वर्षबाट वार्षिक रुपमा क्लोज क्याम्पमा राख्ने निर्णय भएको हो । असोज १७ गते देखि २० गतेसम्म गरिएको क्लोज क्याम्प आज समापन गरिएको छ । कक्षा ६ का विद्यार्थीहरूले आफूलाई आवश्यक पर्ने खानेकुरा जोहो तरकारी केलाउने देखि खाना पकाउने र भाडा मिस्ने लगायतका काम आफै गर्ने गरेका छन भने चित्र बनाउने ,योगा गर्ने ,बोल्न सिक्ने ,सरसफाइ को काम गर्ने खेल खेल्ने र ग्रामीण भेगमा रहेको गाँउको जीवन शैलीसमेत बुझ्ने मौका पाएका छन । बुवा आमाको काखमा बसेर घरमा खाना पकाउने, कपडा धुने काम कहिले नगरेका उनीहरू विद्यालयका शिक्षकहरूसँग बसेर सिक्न पाउदा निकै खुसी भएका छन ।
गुरुकुल एकेडेमी तुल्सिपुरका शुभम् मात्र नभएर गुरुकुल एकेडेमी लमहीका एन्जल केसीको पनि अनुभव उस्तै छ । उनीहरूसँगै गुरुकुल एकेडेमी घोराही , लमही र तुल्सिपुरका विद्यार्थी ४७ जना विद्यार्थी क्लोज क्याम्पमा बसेका हुन । आफ्ना शिक्षक शिक्षिकाको सहयोगमा धेरै कुरा सिकेका उनीहरूले ग्रामीण जीवनको महत्वसँगै बिहानदेखि साँझसम्म कसरी जीवनयापन मरिदो रहेछ भनेर सिक्ने अवसर मिलेको बताए । त्यसैगरी उनीहरूले क्लोज क्याम्पले दैनिकी जीवनको महत्वसँगै आफू जस्ता बालबालिकाले ग्रामीण जीवनको परिवेशमा पारिवारीका वातावरण बाहिर बसेर कसरी पढ्दा रहेछन् भनेर बुझ्ने अवसरसमेत मिलेको बताए ।
यसले विद्यालयमा सैधान्तकि संगै व्यवहारकी ज्ञान दिने गरेको अभिभावकको भनाई छ । घरबाट क्लोज क्याम्पमा जानेभन्दै बुबाआमाले मन गर्नुभएको थिएन विद्यार्थीले भने तर आफूसँगै सरहरुले भनेको भनेपछि अभिभावकले पनि सहमति जनाएर क्लोज क्याम्पमा बसालेका हुन । अहिले ति साना बच्चाहरूले ४ दिने क्लोज क्याम्प सफल भएपछि विद्यालय मात्र होइन अभिभावक पनि खुसी छन । अहिले क्लोज क्याम्पमा रहेका विद्यार्थीहरूले बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म आफै पकाउने, अध्ययन गर्ने क्लोज क्याम्प अफिसर तथा गुरुकुल तुल्सिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले बताए । घोराहीको रतनपुरमा रहेको स्कुलले कक्षा ९ का विद्यार्थीहरूलाई २०७५ सालदेखि र गत वर्ष देखि कक्षा २ का विद्यार्थीहरूलाई प्रत्येक वर्ष जीवन उपयोगी शिक्षासँगै ब्यवहारिक ज्ञानको उद्देश्यले क्लोज क्याम गर्दै आएको छ ।
गुरुकुल एकेडेमिकका यस्ता फरक शिक्षण सिकाइले विद्यार्थीको सर्वागिंन विकास हुने भन्दै पत्रकार तथा उपस्थित अभिभावकले यस्ता कार्यक्रम नियमित सञ्चालन गर्न समेत अनुरोध गरेका थिए । गुरुकुल एकेडेमीका घोराहीका प्रधानाध्यापक डा। कृष्णराज डिसिको अध्यक्षता तथा पत्रकार सहित शिक्षक र सुरक्षा कर्मिहरुको उपस्थितिमा भएको कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका परीक्षा संयोजक विवेक देबकोटाले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सहजिकरण बन्द शिबिरमा बसेका भाइबहिनिले गरेका थिए । क्लोजक्याम्प सफल पार्न रात दिन खटेको भन्दै बिद्यालयले क्लोज क्याम्पमा बसेका शिक्षक तथा शिक्षिकाहरुलाई धन्यबाद ज्ञापन गरेको थियो ।