ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओली नेपाली कांग्रेसको प्रमुख समर्थनमा प्रधानमन्त्री बनेका हुन् । उनले डेढ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई पद सुम्पनेछन् ।

ओलीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् । उनले त्यही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी तयारी गरेको एमाले नेताहरूले बताएका छन् । संसद्का दुई ठूला दलहरू कांग्रेस-एमालेको सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायत पनि मिसिएका छन् ।

प्रकाशित मिति : २०८१ असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस