स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु
दाङ । तुलसीपुर उपमहानगरपालिका–७, गैरापातुमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। बुधबार बिहान करिब १० बजे गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको स्कुल बसले पैदलयात्री बालकलाई ठक्कर दिएको थियो।
दुर्घटनामा सल्यानको शारदा नगरपालिका–२, खलङ्गा घर भई हाल तुलसीपुर–५, रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका करिब २ वर्षीय छोरा आयन नेपाली घाइते भएका थिए।
घाइते आयनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

