लुम्बिनी सरकारबाट जसपा नेपालले लियो समर्थन फिर्ता

दाङ । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन जनता समाजवादी पार्टी नेपालले फिर्ता लिएको छ । आइतबार एक विज्ञप्ति निकालेर पार्टी लुम्बिनी प्रदेशकी प्रमुख सचेतक अम्बिका काफ्लेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छन् ।
संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भए बमोजिम सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ । उपेन्द्र यादव नेतृत्वमा रहेको पार्टी फुटेपछि प्रदेशमा रहेका २ जना प्रदेश सभा सदस्यले अशोक राई नेतृत्वको जसपा तर्फ लागेर दल रोजेका थिए । अहिले यादव नेतृत्वको जसपा नेपालमा लुम्बिनी प्रदेशका एक जना प्रदेश सभा सदस्य छन ।

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस