प्रधानमन्त्री प्रचण्ड चौथो पटक विश्वासको मत पाए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथो पटक विश्वासको मत पाएका छन्। कांग्रेसको अवरोधकाबीच सोमबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका हुन्। प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७  मत पर्‍यो।

कांग्रेस सांसदहरू नारबाजीमा रहेको र केही प्रतिपक्षी दलले भोट नहाल्दा प्रस्तावको विपक्षमा मत नै खसेन।  प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको छ।  मतदानमा  १५८ सांसदले भाग लिएका थिए।  अवरोधका बीच विश्वासको मत पाएपछि प्रचण्ड प्रफुल्ल देखिए। उनले अन्तिमसम्म बसेर सबैजसो सांसदको बधाई ग्रहण गरेका थिए।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस