इलाममा सुहाङ नेम्बाङ विजयी

इलाम । इलाम-२ प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्बाङ विजयी भएका छन्।  मंगलबार बिहान सकिएको मतगणनामा नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका हुन्। 

नेम्वाङले २७ हजार ७ सय ७२ मत पाउँदा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत ल्याए।  यस्तै, स्वतन्त्र उम्मेद्‍वार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरे। रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाए। इलाम २ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ९ सय २ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।  २०७९ सालको निर्वाचनमा निर्वाचित भएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेश सभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त थिए। 

निर्वाचन आयोगले यी दुई स्थान शनिबार उपनिर्वाचन गराएको हो। इलाम(२ बाट निर्वाचित भएका सुहाङ संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा हुन्।

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस