आज बस्ने राष्ट्रियसभा बैठकमा यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद भवन, नयाँ बानेश्वरमा आज बिहान ११ बजे राष्ट्रियसभा बैठक बस्दैछ । आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यब्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय निकुञ्ज, बन्यजन्तु आरक्ष र मध्यबर्ती क्षेत्रमा मानव र बन्यजन्तु बीचको दन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथी छलफल गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन् ।  आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बिनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता माथी सभामा छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘अनुगमन मुल्याङकन बिधेयक २०८० माथी प्रतिनिधिसभावाट भएको संसोधन प्रति छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन’ भने सो ‘प्रस्तावलाइ पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसुचीमा उल्लेख छ ।

साथै, अर्थमन्त्री बर्षमान पुनले ‘सुरक्षित कारोबार ९पहिलो संसोधन० बिधेयक २०८०लाइ दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस