अहिलेको सरकार ३ वटा संकट र चुनौतीबाट गुज्रिरहेको छ : महासचिव पोख्रेल

तुलसीपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार ३ वटा संकट र चुनौतीबाट गुज्रिरहेको आरोप लगाए । आइतबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पहिलो राजनैतिक अस्थिरता र अराजकताको चुनौति चरम चुलीमा रहेको बताए ।

यस्तै राज्य र सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप अस्वाभाविक रुपमा बढ्नु अर्को चुनौति रहेको समेत बताए । विश्व राजनीतिको भूराजनीतिक द्धण्द्धको क्रिडास्थलका रुपमा नेपाललाई प्रयोग गर्ने जोखिम बढेको उनको भनाइ थियो । यस्तै उनले विकास र निर्माणका हिसाबले अहिलेको सरकार इतिहास मै अयोग्य रहेको समेत बताए ।

उनले नेपाली नागरिकहरूले विद्युत बाल्न नआएको अवस्थामा अहिलेको सरकारले भारतलाई यति विद्युत बेच्ने भयौँ, भन्ने कुरा उचित नभएको बताए ।अहिलेको परिवर्तन प्रति नै अनास्था तथा अविश्वास सृजन गर्ने हिसाबले अनेक प्रकारका अराजकतावादी विभाजनकारी प्रवृत्तिहरू बढिरहेको समेत उल्लेख गरे । जनताको आन्दोलनबाट पराजित भएको राजसंस्थालाई पुर्नस्थापित गर्ने कुराहरू भइरहेको भन्दै उहाँले राजसंस्थालाई पुनर्स्थापना आजका यि चुनौतीहरू समाधान हुन नसक्ने समेत बताए ।

अहिलेको सत्ता अयोग्य र अकर्मन्य रहेको कुरा कोशी प्रदेशको नामाकरणमा देखिएको उनको भनाइ छ । संविधानले प्रदेशसभाको नामकरण अधिकार प्रदेशसभालाई दिएको भन्दै उनले प्रदेश नम्बर १ को प्रदेश सभाले अत्याधिक बहुमतको साथ प्रदेशको नामाकरण गरेर कोशी प्रदेश राखेको भएयता पनि केही सीमित ब्यक्तिहरूको असहमतिलाई भड्काउनको लागि सत्ता गठबन्धन आफैले गरेको निर्णयबाट पछाडि हट्नु रहेको बताए ।

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस