बंगलाचुली गाउँपालिकाको हिउँदे अधिवेशन पुस २५ गते हुने

दाङ। बंगलाचुली गाउँपालिकाको हिउँदे अधिवेशन यही पुस २५ गते हुने भएको छ । बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको आज वसेको बैठकले हिउँदे अधिवेशनको मिति तय गरेको हो ।

गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा बसेको बैठकले हिउँदे अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिए ।

मुख्यगरी गाउँसभाले आर्थिक ऐन २०८० को संसोधन तथा वडा बाट सिफारिस भएका योजनाहरुको संसोधन गर्ने कार्यसुचि रहेको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।

गाउँकार्यपालिकाको वैठकमा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल लगाएतका कार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस