राष्ट्रिय सभा सदस्य उम्मेदवारले मनोनयन दर्ता गर्दा पेश गर्नुपर्ने कागजात

काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन चाहनेले १८ वटा कागजात पेश गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ ।

आज बुधबार बसेको बैठकले मनोनयन पत्र दर्ता गर्दा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५, राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ र राष्ट्रिय सभा सदस्य निर्वाचन निर्देशिका, २०७६ बमोजिम कागजात पेश गर्नुपर्ने निर्णय गरेको आयोगले जनाएको छ । आयोगले पुस २३ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका तोकेको छ ।

मनोनयत दर्ता गर्दा पाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावली ऐन, २०७३  बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नु पर्ने छ ।

प्रकाशित मिति : २०८० पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस