लुम्बिनीमा थपिए दुई मन्त्री, शपथ भोलि

दाङ । सरकार गठन भएको ८ महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २ मन्त्री थप गरेका छन् । गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका डिल्लीबहादुर चौधरीकोले गठबन्धनका दलहरुबिच मन्त्रालय भागबण्डामा देखिएको किचलोका कारण सरकारले पुर्णता पाउन सकेको थिएन ।

मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र प्युठानका सरोज थापालाई मन्त्री बनाउने भएका छन् । नवनियुक्त मन्त्रीहरुको सफथ भोली बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए । मुख्यमन्त्रीले नव नियुक्त मन्त्रीहरुको नाम प्रदेश प्रमुखको कार्यालयाा पठाउनु भएको छझउनले भने(ञभोली ९ बजे सपथ छ ।

कृष्णा केसीलाइ खानेपानी ग्रामिण तथा सहरी विकास मन्त्रालय र सरोज थापालाई वन तथा वातावरण वा उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मध्ये एक दिने तयारी भएको पनि प्रवक्ता पाण्डेले जनाएका छन । दुइ मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पुर्णता पाएको छैन । बाँकी एक मन्त्रालय मुख्यमन्त्री आफैले राख्ने बताएका छन् । नेपाली काग्रेस संस्थापन पक्षले मन्त्री नियुक्तीमा एकलौटी गरेको भन्दै काग्रेसमा बिवाद चुलिएको छ ।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस