आधुनिक गीत ‘बाँचू म कसरी’ सार्वजनिक

दाङ । पत्रकार सन्तोषकुमार गुप्ता, गायक तथा मोडेल श्रीधर कडेल र टिकटक स्टार सिर्जना सुनारको विशेष अभिनय रहेको पहिलो आधुनिक गीत ‘बाँचू म कसरी’  मंगलबार सार्वजनिक भएको छ ।

पत्रकार  गुप्ता र  दंगाली गायक तथा मोडेल श्रीधर कडेल र प्युठानी टिकटक स्टार सिर्जना सुनारको विशेष अभिनय रहेको पहिलो आधुनिक गीत ‘बाँचू म कसरी’ सार्वजनिक भएको हो । 

गीत शुभम् सङ्गीत नामक युट्युब   च्यानलबाट सार्वजनिक गरिएको छ । दिनेशकुमार रोकाको शब्द र गायक सन्तोष रुचालको स्वर तथा सङ्गीत रहेको सो गीतलाई नरेन्द्र वियोगले एरेन्ज गरेका हुन् । 

पिक रेकर्डिङ स्टुडियो काठमाडौँमा गीत रेकर्ड गरिएको उक्त गीतको भिडियोमा  गुप्ता, गायक तथा मोडेल  कडेल र सुनारको विशेष अभिनय रहेको छ ।

उक्त भिडियोको निर्देशन, छायांकन , सम्पादन  दिनेश मुस्कानले गरेका थिए । त्यस्तै उक्त म्युजिक भिडियोको डि सिनेमा आर्टले दृश्य निर्माण गरेको छ ।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस