बाल यौन दुर्व्यवहार मुद्दाका फरार एक पक्राउ

दाङ ।  दाङमा प्रहरी बाल यौन दुर्व्यवहार मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका ५ पहरुवाका ५० वर्षीय श्यामलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  उनलाई  दाङ जिल्ला अदालतले गत जेठ १६ गते बाल यौन दुर्व्यवहार मुद्दामा ५ महिना ६ दिनको कैद सजाय फैसला गरेको भएयता पनि उनी फरार रहेका थिए ।

उनलाई  बुधबार  खोजतलास गर्दै जाँदा घोराही उपमहानगरपालिका १५अदालत अगाडि हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए । उनका अनुसार चौधरीलाई  आज नै  दाङ जिल्ला अदालतमा बुझाइएको हो । 

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस