एक वर्षमा गरे दाङका दुई सय १९ जनाले आत्महत्या

दाङ । दाङमा आत्महत्याबाट एक वर्षमा दुई सय १९ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७९/०८० मा दुई सय १९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांकमा उल्लेख छ ।

यस आर्थिक वर्षमा १ सय ७३ जनाले झुण्डीएर, ३५ जनाले बिष सेवन गरेर र ८ जनाले आत्महत्या दुरुत्साहन र नदिमा हाम फालेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिए । जसमा ८ जनाको आत्महत्या पश्चात आत्महत्या दुरुत्साहनको मुद्धा परेको पनि उनले बताए ।

आर्थिक वर्ष २०७९/०८० मा २ सढ १९, आर्थिक वर्ष २०७८÷२०७९ मा २ सय २०, आर्थिक वर्ष २०७७/७८ मा २ सय ४१ र आर्थिक वर्ष २०७६/२०७७ मा २ सय ३१ जनाले आत्महत्या गरेको गौतमले जानकारी दिए ।

विभिन्न मानसिक तनाबका कारण, प्राकृतिक प्रकोपका कारण, पारिवारिक कलह, दिर्घरोग, काममा असफलताका कारण मानिसहरुले आत्महत्या गर्ने गरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस