बन्चरो प्रहार गरी श्रीमानको हत्या

दाङ । दाङमा श्रीमतीले बन्चरो प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका १ सिउजा डाँडा टोल बस्ने ६४ वर्षीय रेशम बहादुर दमाइ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ५७ वर्षीया श्रीमती केशरादेवी दमाइले श्रीमानको टाउकोमा बन्चरो प्रहार गरेकी थिइन् ।

बिहीबार बिहान ९ बजे घटना भएको थियो ।  घटना भएको खबर प्राप्त हुनासाथ इप्रका कमिरेचौर र वडा प्रहरी कार्यालय दाङबाट गएको प्रहरी टोली गइ बन्चरो र बन्चरो प्रहार  केशरादेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए । साथै, घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस