एक पुरुषले हाम फाले पानी ट्याङ्कीमा

लसीपुर । दाङको तुलसीपुरमा एक पुरुषले खानेपानी ट्याङ्कीमा हाम फालेका  छन । तुलसीपुर उपमहानगरपालिका १६ का ३० वर्षीय हुकुमराज चौधरीले हिजो दिउसो साढ १२ बजेको समयमा मजगाँउ खानेपानीको ट्याङ्कीबाट हाम फालेर आत्म हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

चौधरीको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टम पछी परिवारले जिम्मा लिएको प्रहरीले जनाएको छ । साथै घटना के कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस