लागूऔषध मुद्दामा फरार एक ब्यक्ति पक्राउ
दाङ । लागू औषध मुद्दामा फरार एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १७ गुलरिया चोक बस्ने २३ वर्षीय डिम्यालक्सला जङ्ग दसौँदी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
फरार रहेका दसौँदीलाई खोजतलास गर्ने क्रममा घोराही १५ दिपशिखा चोकमा हिँडिरहेको अवस्थामा प्रहरी टोलीले शनिबार फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए ।
उनका अनुसार गत असोज २९ गते घोराही उपमहानगरपालिका १३ बडहरामा लागू औषध खैरो हिरोइन ( ब्राउन सुगर ) को कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा घोराही १५ बस्ने २० वर्षीय सरोज महरा क्षेत्री ५ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परेको थिए । सोही घटनामा संलग्न रहेका दसौँदी हालसम्म फरार रहेका थिए ।
प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

