दर्शकको साथ र मायाले उत्साहित छु : नायक पल शाह

दाङ । अभिनेता पल शाहले दर्शकको साथ र मायाले आफूलाई चलचित्र क्षेत्रमा नयाँ जोस जाँगर आएको बताए  । दर्शकले गरेको माया र सद्भावलाई  आत्मसाथ गरी अगाडि बढ्ने  उनको भनाइ छ ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार घोराहीमा गरेको स्वगत सम्मान तथा साक्षात्कारमा कार्यक्रममा बोल्दै शाहले भने,‘  विगत एक वर्षदेखि आफू ओझेलमा हुँदा पनि आम दर्शक र गृह जिल्ला बासीले गरेको माया र साथलाई कहिले पनि भुल्दिन, अभिनेता शाहले दर्शकको मायालाई आत्मसाथ गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।    

आफूलाई विभिन्न क्षेत्र बाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा माया गर्ने दर्शकहरूलाई धन्यबाद पनि दिए। चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा  सहजीकरण संघको सचिव निरला अर्यालले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ चैत्र ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस