दाङमा लागूऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ

दाङ । दाङमा प्रहरी लागू औषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ बस्ने १९ वर्षीय त्रिशक्ति बर्तौला, गढवा गाउँपालिका ४ का ३५ वर्षीय सद्दाम मनिहार, सोही ठाउँका २४ वर्षीय अनिल पहाडी, २७ वर्षीय प्रदिप चौधरी र २५ वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गढवा गाउँपालिका ४ दुखीराम चौधरीको खाली घरमा उनीहरूले लागू औषध सेवन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इप्रका गढवाबाट गएको प्रहरी टोलीले बुधबार बिहान करिब साढे ८ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए ।
उनका अनुसार उनीहरूको साथबाट १० ग्राम ब्राउन सुगर बरामद भएको र पक्राउ परेकामाथि म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस