९ किलो चरेससहित तीन पक्राउ

दाङ । कैलालीको धनगढीबाट सशस्त्र प्रहरीले ९ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा जिल्लाको थवाङ्ग गाँउपालिका–५ निवासी ४४ वर्षीय कुमार पुन, दाङ जिल्लाको लालमटिया गाँउपालिका–१ निवासी ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुन रहेका सशस्त्र प्रहरीका डीएसपी एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका १४ एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बीओपी फुलवारीले उनीहरुलाई पक्राउ गरेको हो । नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँज गर्दा उनीहरुको साथमा ९ किलो चरेस फेला परेको बताइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस