साबुन उद्योगमा दैनिकि बिताउदै तुल्सिराम

दाङ //
सल्यान कपुरकोट गाँउपालिका– ३ निवासी तुलसिराम शर्माको दैनिकी साबुनको रेखदेखमै बित्छ । हरेक बिहान साबुन उद्योगमा पुगिसकेपछि मात्र उनको दैनिकी सुरु हुन्छ । मोबाइल बिक्रि बितरण तथा बिभिन्न संघसंस्थामा समय बिताउने उनीलाई अहिले भने उद्योगमा कच्चा पद्धार्थ पेल्ने र साबुन बनाउने त्यो संगै रेखदेख गर्नेतर्फ मात्रै ध्यान जान्छ । बाहिर कतै गएँ भने पनि काममा भन्दा आफ्नो उद्योगमा हुन्छ । विगत दशकौ वर्षदखि बैदेशिक रोजगार तथा मोबाइल ब्यबसायमा लागेका शर्मा आफ्नो पेशाबाट सन्तुष्ट हुन नसकेपछि र आफु उद्योगि बन्ने हुटहुटि जागेपछि मेलिना मल्टिपल प्रालि नाम फर्म बाट स्मृति साबुन बजारमा ल्याएका छन । शर्माका लागि साबुन उद्योग आम्दानीको स्रोत बन्ने र धेरै बेरोजगार युवाहरुलाई रोजगार दिने आशामा छन ।

करीव ३ करोड लगानिबाट संचालन गरेको साबुन उद्योगबाट परीक्षण उत्पादन सुरु गरीएको छ भने बजार ब्यबस्थापनको तयारी थालिएको छ ।२ दशक भन्दा अगाडि बिद्यालय संचालन गरी शिक्षा क्षेत्रमा लागेका शर्माको बिद्यालयलाई शसस्त्र द्धन्दको समयमा बन्द गराइदिएपछि उनि बैदेशिक रोजगारीमा गएका थिए । बैदेशिक रोजगारीबाट त्यति सन्तुष्ट हुन नसकेपछि आफ्नै देशमा केहि गर्ने आशाका साथ नेपाल फर्किर मोबाइल ब्यसायमा लागे । मोबाइल ब्यबसायमा लाग्दा लाग्दै २०७९ साल मेलिना मल्टिपल प्रालि दर्ता गरेर स्मृति साबुन उत्पादन सुरु गरे । आफ्नै ब्यक्तिगत लगानिमा उद्योग सुरु गरेका शर्माले कहि कतैबाट अनुदान प्राप्त गरेका छैनन । अहिले पनि विचौलियाका कारण वास्तविक उद्योगले अनुदान नपाउने समस्या रहेको गुनासो गरे । तर उनलाई राज्यबाट सुविधा पाए हुने थियो भन्ने लागेको छ ।

पहँुचको भरमा अनुदान बितरण हुने भएका कारण आफु जस्ता उद्योग क्षेत्रमा आउने ब्यक्तिहरु निरास बनेको बताउछन । उनले दैनिक करिब १०० काटुन बराबरको साबुन उत्पादन गर्दै आएका छन । आफै उद्योगमा जानु मेसिन चलाउनु मात्रै उनको दैनिकि बनेको छैन ।उत्पादित साबुन बजारमा लगेर बेच्नु पनि उनकै नियमित काम बनेको छ । आफु संगै उद्योगमा अहिलेको समयमा ९ जनाले रोजगारी पाएका छन । भारतबाट कच्चा पद्धार्थ आयात गरी साबुन उत्पादन गर्ने गरेका शमाले आगामि दिनमा आफ्नै उद्योगमा कच्चा पद्धार्थ उतपादन गर्ने लक्ष्यका साथ काममा लागेका छन । गुनस्तरीय कच्चा पद्धार्थ प्रयोग गरीएको कारण स्मृति साबुन निकै भरपर्दो रहेको छ । अरु भन्दा कडा मैलेका कपडा सजिलै निखार्ने उनको दावि छ । त्यसैले उपभोक्तालाई पनि ढुक्क भएर स्मृति साबुन प्रयोग गर्न आग्रह समेत गरेका छन । बुटवल देखि पश्चिम क्षेत्रको बजारलाई लक्षित गरी बजार ब्यबस्थापन थालिएको छ । अहिले उत्पादित साबुन बुटवल ,नेपालगंज ,सुर्खे धनगडि लगाएतका मुख्य शहर सहित पश्चिम नेपालका पहाडि जिल्लामा स्मृति साबुन पु¥याइएको छ । कोराना कहरका बिच निकै कठिन परीस्थितिमा उद्योग संचालन गरीएको हुदा अहिले कपडा धुने साबुन उत्पादन गरीएको छ । यो साबुनको नियमित सफल उत्पादन र सफल बजार ब्यबस्थापन हुन सकेमा आगामि दिनमा नुहाउने साबुन , सर्फ , भाडा मिस्ने साबुन र हार्फिक उत्पादनको तयारी समेत रहेको उद्योग संचालक तुलसिराम शर्माले बताए । घाराहि उपमहानगरपालीका वडा नं १६ रावतगाँउमा उद्योग रहेको र बिक्रि बितरण पनि सोहि ठाँउमा रहेको हुदा समयमै सम्पर्क गरी स्मृति साबुन प्रयोग गर्न पनि अनुरोध गरेका छन ।

प्रकाशित मिति : २०७९ माघ १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस