नेपालगञ्जमा बम बिस्फोट : दुई जना घाइते

दाङ । बाँकेको नेपालगन्जमा बम बिस्फोट भएको छ । उपमहानगरको वडा नं. १० भृकुटीनगर जनस्वास्थ्य कार्यालय नजिकै एउटा घरमा बिस्फोट हुँदा दुई जना घाइते भएका छन् । बिस्फोटमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता डिल्ली बिसीसहित दुई जना घाइते भएका छन् ।

घटनास्थलमा थप बम हुन सक्ने आशंकामा ठूलो संख्यामा प्रहरी परिचालन हुनुका साथै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो । स्थानीयले अर्को बम देखिएको र डिस्पोजका लागि सेना आएको बताएका छन् । बुधबार साँझको समयमा स्थानीय दिवाकरविक्रम मल्लको घरमा सो घटना भएको हो ।

प्रहरीका अनुसार सो घटनामा २ जनालाई पक्राउ गरिएको छ । विस्फोटपछि थप दुई कुकर बम पनि फेला परेका छन् । स्थानीयकाअनुसार केहीसमय यता सो घरमा विप्लव निकट कार्यकर्ता बस्दै आएका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस