जवरजस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

तुलसीपुर । ईलाका प्रहरी कार्यालय तुलसीपुरले जवरजस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपहानगरपालिका ४ घर भई हाल तुलसीपुर ६ कोठा भाडामा बस्ने अन्दाजी १९ वर्षीय बिजुल भन्ने प्रदिप बिक र किरण राणा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिए ।

साउन ४ गते साढे ११ बजे राती सोहि घरमा कोठा भाडा लिएर बस्ने महिलालाई जवरजस्ती करणी गरी फरार भएका विकलाई मंगलबार दिउँसो १२ बजे पक्राउ गरेको प्रहरीले बताएको छ । दुबै जनाको नाममा पिडित महिलाले साउन ५ गते ईलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेको प्रहरले बताएको छ ।

त्यसैगरी खोज तलास गर्ने क्रममा प्रतिवादी मध्ये रानालाई भने साउन ८ गते निजकै घरमा लुकीछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेका दुबै जना माथि अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक बखत बहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस