झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला
दाङ। तुलसीपुर उपमहानगरपालिका १२ टरिगाउँमा रहेको तरुना सामुदायिक वनमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ स्थानीय ६६ बर्षीय दिलप्रसाद न्योपानेको शव मंगलबार दिउँसो १२ बजे
भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
गत असार १५, १६ गते घरबाट हराएका न्योपानेलाई स्थानीय र प्रहरी खोजी रहेका थिए । सोहि क्रममा स्थानीयले झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोहि आधारमा घटना स्थल जादा शव झुण्डिएको अवस्थामा सडेको फेला परेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

