प्रहरीले एक लाख बढि नगदसहित ७ जना जुवाडे पक्राउ

दाङ । तुलसीपुरबाट प्रहरीले एक लाख बढि नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार दिउँसो करिब साढे ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क स्थित रातामाटा होटलबाट नगद एक लाख २ हजार ३६० रुपैयाँसहित ७ जना जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सल्यान त्रिवेणी गाउँपालिका १ घर भई हाल दाङको बबई गाउँपालिका १ बस्ने ४१ वर्षीय टोप बहादुर बोहरा, सल्यान शारदा नगरपालिका १० घर भई हाल तुलसीपुर ५ बसपार्कमा बस्दै आएका ४१ वर्षीय गुप बहादुर चलाउने, सल्यान त्रिवेणी गाउँपालिका १ निवासी ३७ वर्षीय धर्मराज थापा र सोही ठाउँ निवासी ३६ वर्षीय गुमान सिह बुढाथोकी रहेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

त्यस्तै सल्यान शारदा नगरपालिका १० निवासी २६ वर्षीय दीप बहादुर चलाउने, सोही ठाउँ निवासी ३४ वर्षीय अम्मर राज खड्का र शारदा नगरपालिका –११ घर भई हाल तुलसीपुर ५ बसपार्कमा रातामाटा होटल सञ्चालन गर्दै आएका ३५ वर्षीय सेतीराम बुढाथोकी रहेका छन् । गोप्य सूचनाका आधारमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको र उनीहरूको साथबाट १ गड्डी तास बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस