श्रीमानबाटै श्रीमतीको हत्या, प्रहरीमा गरे आत्मसमर्पण

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–२ डाँडा कटेरीमा एक महिलाको श्रीमानबाटै हत्या भएको छ । आज शुक्रबार दिउँसो स्थानीय २७ बर्षीय कमल भुसालले २३ वर्षीया श्रीमती सरु भुसालको हत्या गरेका हुन् ।
श्रीमतीको घाँटी च्यापी हत्या गरेपछि भूसालले ईलाका प्रहरी कार्यालय खनमा पुगेर घटना बारे जानकारी गराउँदै आत्मसमर्पण गरेका थिए । प्रहरीलाई दिएको बयान अनुसार श्रीमतीसँगै दाउरा काट्न जँगल गएका उनले श्रीमतीको घाँटी च्यापी हत्या गरेपछि स्याउलाले शवलाई छोपेर प्रहरी चौकी पुगेका थिए । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस