लक्ष्मण राईको ‘पिरतीको भाका

दाङ । मीठो वैंशालुको वैंश
मलाई औधि माया गर्ने माया कहाँ गईछ
जीवनको हरेक पलमा साथ दिने मायालुको खोजी गरिएका सुन्दर गीतका शब्दहरुमा गायक लक्ष्मण राईले स्वर भरेका छन् । ‘पिरतीको भाका’ बोलको गीतमा प्रेमको मिठासपूर्ण भावना सञ्चार गरिएको छ । गायक राईकै शब्द रहेको गीतमा संगीत युवा पुस्ताका गायक तथा संगीतकार चेतन राईको हो ।

३५ वर्ष शिक्षण पेशाका सेवाधर्मी भई हाल रिटायर्ड जीवनलाई सिर्जनाको लयमा लहराइ रहेका सक्रिय लक्ष्मण कुशल वाद्यवादक पनि हुन् । उनले हार्माेनियम, वासुरी, मादल, तबला र गितार बजाउँने गरेका छन् । सल्यानी माटोमा हुर्किएका राईले प्रेमका सुन्दर भावनाहरुलाई कुशल शब्द र स्वरमा व्यक्त गरेका छन् । प्रेमको आभाष गराएर छोडी जाने मायालुसँग उनले गीतमा गुनासो गरेका छन् । सानै उमेरदेखि गीत, संगीत, गायन र नाट्य कलामा योगदान दिदैं आएका राई फाईन आर्टमा पनि निपुण छन् । उनले आफ्नो जीवनकालमा पहिचान शिक्षण पेशा, कला, संगीत र गायन अनि साईन बोर्ड लेखनबाटै बनाए । यो क्रममा उनले धेरै कलाकारलाई सीप पनि सिकाए ।

सेकाइ ईन्टरटेन्टमेन्टले बजारमा ल्याएको गीतमा एरेन्जर सूर्य रुम्बा रहेका छन् । मिक्सरमास्टर आरबि लामा सिंगदान, काष्टमा संयम सिंह र सेलिना प्रधान रहेका छन् । एमयूए दीया रिजाल, प्रोडक्सन म्यानेजरमा बिक्रम तामाङ रहेका छन् । क्यामरा असिस्ट विशाल थापाको, पोशाक नेम ईट, ड्रोन अनिल कटवालले चलाएका हुन् भने संपादन फराज अर्पणको रहेको छ । गीतको भिडियो उत्पादनमा कल्पना श्रेष्ठ राई रहेकी छन् । निर्देशन युवा संगीतकार चेतन राईले नै गरेका हुन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस