खैरो हिरोइनसहित नाकाबाट दाङका ५ जना पक्राउ
दाङ । नेपालगन्जको जमुनाह नाकाबाट लागुऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ लमही नगरपालिका ५ बस्ने २१ वर्षका दिवस डाँगी, १७ वर्षका राजिब राय केसी र लमही ६ बस्ने १७ वर्षका राजन सिंह ठकुरी रहेका छन् ।
भारत नेपाल प्रवेश गर्नेक्रममा उनिहरुको गतिविधि शंकास्पद देखिएपछि लागुऔषध ब्यूरो र जमुनाह प्रहरीको टोलीले चेकजाँच गर्दा दिवसले बोकेको कालो झोलामा लुकाइछिपाई राखेको अवस्थामा १७ ग्राम खैरो हिरोइन फेला परेको हो ।
उनिहरुले उक्त हिरोइन पुरिएया बनाएर भित्रयाउने तयारी गरेका थिए । झोलामा १८ पुरिया फेला परेको जमुनाह प्रहरीका इन्चार्ज माधब रिजालले जानकारी दिए ।
यस्तै भारतबाट नेपाल आउँदै गरेका दुईजना पनि खैरो हिरोइन सहित पक्राउ परेका छन । उनीहरु पनि लमहीकै हुन । पक्राउ पर्नेमा लमही नगरपालिका ५ दाङ बस्ने वर्ष २१ का सोनु श्रेष्ठ र २० वर्षका बिशाल कुवंर रहेका छन् ।
श्रेष्ठ र कुवंरको गतिविधि शंकास्पद देखिएपछि लागुऔषध ब्यूरो र जमुनाह प्रहरीको टोलीले नाकामा जाँच गरेको थियो । त्यसक्रममा श्रेष्ठले बोकेको गुडियाको भित्र लुकाएर ल्याइएको ७ ग्राम खैरो हिरोइन फेला परेको जनाइएको छ ।

