दाङमा अचार पिस्ने ‘लोरा’ प्रहार गरि श्रीमानको हत्या

 दाङ । घोराहीमा अचार पिस्ने ‘लोरा’ प्रहार गरि श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान पंकज गुप्तालाई हत्या गरेको प्रहरीले बताएको छ ।

हत्याको आरोेपमा प्रहरीले गायत्रीलाई पक्राउ गरि अनुसन्धान थालेको छ । श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा श्रीमानको मृत्यु भएको श्रीमतिले प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् ।

‘श्रीमान–श्रीमातीकाविच पटक पटक झगडा हुने गरेको रहिछ’,प्रहरी प्रमुख काफ्लेले भने,‘त्यही क्रममा सोमवार विहान विवादका क्रममा श्रीमतिले लौरो प्रहार गर्दा श्रीमानको मृत्यु भएको रहिछ ।’ प्रहरीका अनुसार उनीहरु घर झगडाकै कारण पटक–पटक प्रहरी कार्यालयमा समेत पुग्ने गरेका थिए ।

भारत स्थायी घर भएपनि उनीहरु लामो समयदेखि तुलसीपुर १३ फुलवारीमा बस्दै आएका थिए । । घोराहीमा लेवरी काम गर्न थालेपछि उनीहरु केही समयदेखि उनीहरु घोराहीमा कोठा भाडा लिएर बस्दै आएका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस