बाँकेमा मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गर्ने ७ जना पक्राउ

दाङ । बाँके प्रहरीले एक १६ वर्षीया किशोरीलाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको अभियोगमा ७ जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँकेको बैजनाथ गाउँपालिका ८ झिङ्गौरा बस्ने करिब १७ वर्षीय ( परिवर्तित नाम “ख”) , सोही ठाउँका करिब २४ वर्षीय बिक्रम भन्ने बिक्रान्त थारू, २५ वर्षीय निराजन थारू , १६ वर्षीय ( परिवर्तित नाम “ग”), करिब २३ वर्षीय राज कुमार थारू, करिब २० वर्षीय विश्वनाथ थारू र करिब १७ वर्षीय ( परिवर्तित नाम “क” ) रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ४ः०० बजेतिर बाँकेको खजुरा गाउँपालिका ५ प्रतीक्षालय चोकमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पश्चिमबाट पुर्ब तर्फ गइरहेको भे.३ प.३५२७ नम्बरको मोटरसाइकलमा सवारलाई चेक जाँच गर्दा ति किशोरी लट्ठिएकी जस्तो देखी शंका लागि तिनै जनालाई इलाका प्रहरी कार्यालय धनौलीमा ल्याई अनुसन्धान गर्दा जबरजस्ती करणी गरेको कुरा खुलेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उक्त मोटर साइकल विश्वनाथ थारूले चलाएका थिए, मोटरसाइकलका १७ वर्षीय ( परिवर्तित नाम “क”) ति किशोर बसेका थिए ।

यसरी खुल्यो घटनाको रहस्य

प्रहरीका अनुसार ती किशोरी र बैजनाथ ८ का १७ वर्षीय किशोर बीचमा विगत एक वर्षदेखि सामाजिक सञ्जाल फेसबुक मार्फत चिनजान हुनुका साथै माया प्रेम बसेको थियो । शनिबार दिउँसो करिब ४ बजे उनै १७ वर्षीय किशोरको आफ्नो जन्म दिन मनाउने भनेर ती किशोरीलाई बाँकेको खजुरा गाउँपालिका ६ मानखोला नजिक बोलाएका थिए ।

त्यसपछि किशोरीलाई मानखोला नजिकबाट ति १७ वर्षीय किशोरका साथी सहित मोटरसाइकलमा राखी बर्दिया जिल्लाको मानखोला नजिकैको जङ्गलमा लगी अन्य ४-५ जनाको समुहले घरेलु मदिरा खुवाएर आइतबार साँझ करिब ६ः०० बजे देखी राति १२ बजे सम्म सामूहिक रुपमा जबरजस्ती करणी गरी बेहोस बनाएका थिए ।

पछि होसमा आउँदा त्यहाँबाट आफूलाई २-३ जनाको समुहले बोकी बैजनाथ गाउँपालिका ८ पिपरी भन्ने स्थानमा बिक्रम भन्ने बिक्रान्त थारूको बगुर पालन नजिकको टिनको टहरामा २ जनाले सामूहिक बलात्कार गरी सकेपछि बिक्रान्त थारूले अन्य २ जना मानिसहरू बोलाई थारूको मोटरसाइकलमा राखी घर पुर्याउन भनी गइरहेका समय प्रहरीको चेकिङ टोलीले फेला पारी पक्राउ गरी ल्याएपछि पीडित किशोरीले प्रहरीलाई बताएकी थिइन् ।

प्रहरीका अनुसार पीडितलाई साथमा लगी इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई खोजतलास गर्दै ( परिवर्तित नाम “ख” ), निराजन थारू, बिक्रम भन्ने बिक्रान्त थारूलाई आइतबार दिउँसो २ बजे बाँकेको खजुरा गाउँपालिका ३ खजुरा बजारबाट, ( परिवर्तित नाम “ग”) लाई पक्राउ गरेको थियो । त्यस्तै राज कुमार थारूलाई दिउँसो ४ बजे बैजनाथ गाउँपालिका ८ झिङ्गौरा भन्ने स्थानमा फेला पारी पक्राउ गरी अनुसन्धान कार्य भइरहेको जिप्रका बाँकेका प्रवक्ता एवं डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस