लागू औषध खैरो हिरोइनसहित २ जना पक्राउ

दाङ । दाङमा प्रहरीले लागू औषध खैरो हिरोइन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व पुथा– उत्तर गङ्गा गाउँपालिका ७ बस्ने २० वर्षीय विशाल बुढामगर र घोराही उपमहानगरपालिका १६ बस्ने ३० वर्षीय रमेश पुनमगर रहेको जिल्ला प्रहरी कार्यालयले दाङले जनाएको छ ।

शुक्रबार राती करिब पौने ९ बजेतिर घोराही १५ शान्तिनगर टोल स्थित रहेको सुप्रिम होटल एन्ड फास्ट फुड नास्ता पसलमा लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधार जिप्रका दाङबाट गएको प्रहरी टोलीले २ ग्राम ३० मिलिग्राम लागू औषध खैरो हिरोइन सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरूले ६ वटा प्लाष्टिकका टुक्राहरूमा राखेको अवस्थामा फेला परेको हो । साथै, उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी अनुसार लागू औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद –३ को दफा १४ को खण्ड ९ छ ० को २ मा भएको व्यवस्था बमोजिम २५ ग्राम देखी १०० ग्राम सम्मको परिमाण भए १० वर्ष देखी १५ वर्ष सम्म कैद र ७५ हजार देखी २ लाख सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस