संगीतमा झुम्यो गुरुकुल एकेडेमीको सांस्कृतिक साँझ

दाङ । सोमवारको दाङ सहित देशभरको मौशम एका–एका बद्लिरह्यो । घोराहीमा परेको वर्षाले मौशम चिसोमा परिणत भइदियो । दिनभर झरीले घोराही बजार रुझी रहँदा सोमवार राष्ट्रिय सभा हलको माहोल भने फरक देखियो । बरु झरीले बाहिर जति–जति मौशम चिस्सिदै थियो, सभाहल भित्रको माहोल झन्–झन् तातिदै गयो ।
गुरुकुल एकेडेमीले आयोजना गरेको एइइ सांस्कृतिक साँझमा गायिका तृष्णा गुरुङले चिस्सीएको घोराहीलाई सांगितिक माहोलले एका–एक तताइन् । उनले खानीको यामु ए कान्छा, माया पिरती, गाइने दाजैले सारङगी रेट्दा लगायतका आफ्ना पाँच चर्चित गीत गाइन् । गुरुकुलबाट एसइइ दिएका विद्यार्थी र अन्य सहभागीसँगै उनले आधुनिक गीतहरुको भव्य प्रस्तुतीले हलभित्रको परिवेश संगितले गुञ्जयमान भयो । त्यसमा साथ दिए, गायक विपिन घिमिरे र क्षितिज ब्याण्डले ।
एसइइ दिएका विद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरिएको सांस्कृतिक साँझको माहोल दिनभर संगितीक मय बन्यो । कालाकारसँगै गुरुकुल प्लटुमा अध्ययनरत कृतिज्ञा न्यौपानेले पनि आफ्नो सांगितीक प्रस्तुती दिइन् । कालाकार याङसु श्रेष्ठले पनि आफ्ना नृत्य प्रस्तुतीले हलभित्र सबैलाई झुमाइन् । दिउँसो २ बजे सूरु भएको सांस्कृतिक साँझ बेलुकी ७ बजेसम्म चल्यो ।
एसईई दिएका घोराही क्षेत्रका सातसय विद्यार्थी, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थ्तिी थियो । गुरुकुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इञ्जिनियर अनन्नतराज घिमिरेको अध्यक्षता एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका सह–प्रधानाध्यापक मुकुन्द गिरी, प्लस टु कोर्डिनेटर निमानन्द गैरे, म्यानेजमेन्ट कोर्डिनेटर कृष्णदेव थापा, साइन्स कोर्डिनेटर अजय शाहले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यार्थी सिर्जन गैरे, प्रतिक्षा केसी, दिनेश केसी र रोशन शर्माले गरेका सहजीकरण थिए ।